चलचित्र ,लिलिबिलीका, निर्माता पक्राउ ,
कार्तिक २१ ,काठमान्डौ – चलचित्र निर्माता गोविन्द शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।
चलचित्र निर्माण कार्यमा करिब एक करोड हुनामिना गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। ,फिल्म निर्माण गर्दा शाहीले एक करोड हिनामिना गरेपछि सुदीप खड्का र अर्का निर्माता मिलन चान्सले महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दिएका थिए ।
काठमान्डौ जिल्ला अदालतले पक्राउ पुर्जी जारि गरेपछि महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले बताए ।
एसपी प्रधानका अनुसार शाहीलाई बिहीबार नै कालिमाटी वृत्तको जिम्मा लगाइएको छ। शाहीसहित तीन जनाको समूहले एक वर्षअघि ‘लिलिबिली’ निर्माण गरेका थिए। शाही यो भन्दा अगाडीपनि बन्दीप्रत्यक्षीकरण रिटमा छुटेका थिए ।