भारतले नेपाल-भारत सीमा रुपैडिहा बाँके र बर्दिया बन्द,
कार्तिक २३ ,काठमान्डौ – भारतले नेपाल-भारत सीमा नाका बन्द गरेको छ । भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित भूमी रामलला (हिन्दु पक्ष) भएको फैसला गरेलगत्तै भारतले रुपैडिहा बाँके र बर्दियासँग जोडिएको सीमा बन्द गरेको हो ।
अयोध्या मन्दिरको फैसला हिन्दुको पक्षमा आएपछि बाँके र बर्दिया क्षेत्रमा तरंग ल्याएको छ । यहाँका हजारौ भक्तजन पूजाका लागि आयोध्यामा पुग्ने गरेका छन् ।
भारतले अदालतको फैसलालाई लिएर आपराधिक घटना घटाउन घुसपैठ हुनसक्ने भन्दै सुरक्षाका लागि सीमा बन्द गरिएको बताएको छ ।
सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार शनिबार बिहानदेखि सीमा बन्द गरिएको तर कहिले खुल्नेबारे जानकारी नआएको बताए । बन्दमा कुनै अप्रिय घटना भने खुल्न आएको छैन बन्द कतिदिन सम्म हुने भन्ने निश्चित जानकारी हुनसकेको छैन।