कालापानीबारे छलफलमा प्रधन्मनात्रीलाई संसदीय समितिले बोलायो ,
कार्तिक २४ ,काठमान्डौ – हालै मात्र भारतले सार्वजानिक गरेको आफ्नो नक्सामा नेपालको भुमि कालापानी र लिपुलेख लिम्पुवाधुरा आफ्नो नक्सामा राखेको भन्दै चौतर्फी विवाद भएको छ ,।
विवाद पछि हिजोमात्र प्रधानमन्त्री ओलीले वालुवाटारमा सर्वदलिय बैठक आवहान गरेका थिए ,बैठक लगतै कालापानी र विवादित भुमिबारे छलफल गर्न प्रधानमन्त्रीलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएको छ ।
भारतले जारि गरेको नक्साबारे प्रधानमन्त्रीसंग छलफलकोमाग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ ।भारतको नक्सामा नेपालि भुमि राखेको भन्दै देशभर विवाद भएको छ ।
जसको बारेमा राज्य ब्यवस्था समितिले चासो देखाएको हो नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गरिने समिति सदस्य एवं नेकपाकी सांसद पम्फा भुसालले रंग दर्पणलाई बताइन् ।
यस्तै, प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि भारतीय नयाँ नक्साका विषयमा उठेका प्रश्नबारे छलफल गर्न सोमबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको छ ।सो विषयामा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतको नक्सामा एक विज्ञप्तिपनि जारि गरेका थिए ।
तर विज्ञप्ति त्रुटीपूर्ण र अर्थहीन भएको भन्दै सामाजिक संजालमा विरोध समेत भएको थियो , ।नेपाल सरकार तथा प्रतिपक्षियदलले पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै नक्सामा देखाईएको कालापानी रलिपुलेखको स्पस्टिकरण माग गरेको छ ।