कालापानी हाम्रो हो तेस्को समाधान सरकारले अगाडी पहल चालेको छ ,बाटोमा विरोध गरेर उच्च श्रिङ्ग्खला उताउला शब्द बोल्ने काम बन्द गरौ प्रधानमन्त्री ओली ,
कार्तिक २४ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी लिपुलेखको बारेमा कसैले उताउला शब्द प्रयोग नगर्न आग्रह गरेका छन् ,।
कालापानी ,लिपुलेख ,लिम्पियाधुरा नेपालको भयको पर्याप्त तथ्य र प्रमाणहरु छन् यो विषयमा सरकारले कदम अगाडी चालेको छ ।
भारतलाई मैत्रीपूर्ण ढंगले तथ्य, तथ्यांक राखेर सम्झाउने र आफ्नो भू-भागफिर्ता लिने उनको भनाई छ ।
प्राधानमन्त्री ओलीले सिमाविवादको बिषयमा आयोजना गरेको सर्वपक्षीय बैठकमा सिमा विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्ने बताए ।
जसका लागि प्रधानमन्त्रीले हिजो वालुवाटारमा सर्वदलिय बैठक पनि आव्हान गरेका छन् ,बैठकमा ओलीले ‘सिमा विवादका समस्या समाधानगर्न राष्ट्र नै एकजुट हुनुपर्दछ ।
सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताकासाथ कुटनीतिक रुपमासिमाका समस्या समाधानगर्न अग्रसर रहेको छ,’। प्रधानमन्त्री ओलीले भने, ।
साथै भारतले नेपालमा धेरै परिवर्तन ल्याएको पनि ओलीले जानकारी गरे। ,भारतले पहिले बाँध बाध्ने गर्थ्यो, अहिले फुकाउने गर्दछ।
तेसैले भारतको नक्सा र नेपालको भुमिको बारेमा पनि समस्या समाधान हुनेमा आफु आशावादी रहेको उनले बताए ।
भारतको नक्सा बारेमा नेपालमा विभिन्न खालका उताउला श्रिङ्ग्खला भयको सुनिन्छ ,।कहिले राजदुतावास घेर्ने त कहिले माईतिघरमा विरोध प्रदर्शन गर्ने।
,सिमा विवादको विषयमा सरकारले पहल चालेको छ ।प्रदर्शन गरेर हुन्दैन उनले भने तेस्तै २१ औं शताब्दीमा हिजोका भाषा शैली स्विकार्य लागु नहुने समेत ओलीले बताए ।‘
हामी समग्र दक्षिण एशियामा समृद्धि, विकास र रुपान्तरण देख्न चाहन्छौं ।यस्ता विवादहरुमा अझिल्ने समय नभएको पनि प्रधानमन्त्री ओलीले बताए ।