suekhet
bheriad

रौतहटको प्रहरी कार्यालयमा बम विस्फोट एकजना घाईते ,

lekabesi

कार्तिक २६ ,काठमान्डौ – रौतहटको मठिया प्रहरी चौकीमा बम विस्फोट भएको छ , ।रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया चौकीमा विस्फोट हुँदा एक जना प्रहरी जवान घाईते भएका छन्  ।

घाईते हुने जवान प्रहरी सेन्ट्री बसेका थिए ,विस्फोट गराएको आसंकामा प्रहरीले एकजनालै पक्राउ गरेको छ  ।पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार छन् भने एकजना फरार छन्  ।

चन्दले प्रयोग गरेको बी आर ०५एच ६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । विस्फोट भएको प्रहरी चौकी सिमानामा पर्ने गरेको र घटना भएको थाहा भएपछि थप मद्दतको टोली पनि पठाइएको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले रंग दर्पणलाई जानकारी गरे  ।प्रहरी निरीक्षकको कमाण्डमा १० जना घटनास्थलमा पाठाएर अनुसन्धान लिने क्रम रहेको पनि उनले बताए ।