Simta
Gurvakot
Gurvakot

सल्यानमा जिप दुर्घटना दुईको मृतु ,

कार्तिक २८ ,सल्यान – सल्यानमा जीप दुर्घटना हुदा २ जनाको मुत्यु भएको छ । जिल्लाको त्रिबेणी गाउपालिका वडा नम्बर ४ फलावाङ्गमा बिहिबार बिहान साँढे १० बजे तीर जीप दुर्घटना हुदाँ २ जनाको मृत्यू भएको हो भने ८ जना घाईते भएका छन् ।

जिल्लाको त्रिबेणी गाउपालिकाको फलावाङ्गबाट दाङ तुलसीपुर तर्फ जादैँ गरेको रा १ ज ४३२ नम्वरको जीप बडाखोलामा दुर्घटना हुदाँ २ जनाको मृत्यू भएको हो ।

Simta

मृत्यू हुनेमा जिल्लाको त्रिबेणी गाउँपालिका वडा नम्वर ४ फलावाङ्ग निबासी ६० बर्षिया कृष्णदेवी परियार र सोही ठाँउ निबासी ५९ बर्षिया यज्ञी थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।उनीहरुको उपचारको क्रममा साँढे १२ बजे तीर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यू भएको हो ।

lekbesi

घाईते हुनेहरुमा त्रिवेणीका २८ बर्षिया गाडी चालक सन्दिप परियार,२३ बर्षिया रीता रावत,८ बर्षिया ज्योती रावत, ५५ बर्षिया सावित्रा खत्री,२२ बर्षिया तारा थापा,२३ बर्षिया मोती रावत,तुलसीपुर ५ बस्ने बर्ष २८ का डिला बुढा र २१ बर्षिया राधा बोहोरा रहेका छन ।

जिप अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।