कालापानी बारे चिनले के भन्यो ,
कार्तिक २८ ,काठमान्डौ – भारतले नेपालको भुमि कालापानीलाई आफ्नो नक्सामा राखेपछि चीनलेपनि बोलेको छ ।
कालापानीको बारेमा भारत र नेपालले वार्ता गरी टुंग्याउनुपर्नेमा चिनले जोड दिदै बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा अगाडी भनिएको छ ‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ, ।चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वादमार्फत् कालापानीमाथिको बिवाद समाधान गर्नेछन् ।
दूतावासले केही मिडियाहरुले चीनप्रति लगाएको आरोपप्रति दुःख समेत व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘ केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं।
यस्ता आरोप आधारहीन छन्। उनीहरूको उद्देश्य जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्ने देखिन्छ।’वर्षौयता नेपाल र चीनबीच राम्रो सहकार्य हुँदै आएको छ।
नेपाल चीन सम्बन्धलाई कमजोर बनाउने कुनै पनि प्रयास सफल हुन नदिने समेत चिनियाँ दूतावासका प्रवक्ता वाङ सिओयोलोङ बताए।
चिनियाँ राष्ट्रपतिले नेपालको सफल राजकीय भ्रमण गर्नुभएको स्मरण गराउँदै विज्ञप्तिमा त्यसक्रममा दुवै पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको समेत जनाइएको छ ।
तर विज्ञप्तिमा लिपुलेखको बारेमा भने बोलिएको छैन ,लिपुलेक पनि कालापानी क्षेत्रमा पर्ने गर्दछ ।नेपाल र चीनले १९६१ मा सीमासन्बन्धी सन्धिमा हस्ताक्षर गरेको र त्यसअनुसार सीमा तय गरिएको पनि उनले बताए ।