विश्व प्रख्यात वैज्ञानिक स्टेफन हकिंग को निधन ,,
रंग दर्पण ३० फागुन, काठमाडौं : विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । हकिङ क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । उनी ह्वीलचेयरमा हिँडडुल गर्थे । उनको भनाइअनुसार २१ वर्षको उमेरमा डाक्टरहरुले मोटर न्यरोन नामक बिरामी भएको जानकारी दिएका थिए ।दुर्लभ रोग मोटर न्यरोनको उपचार गरेपछि चिकित्सकले केही वर्ष मात्र बाँच्छ भनेका थिए । त्यसपछि उनी व्हीलचियरको सहारा लिन बाध्य भए र उनको ‘भ्वाइस सिन्थोसाइजर’ सहाराले मात्र बोल्थे ।
हकिङको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक बनाएका छन् ।
सन् २०१४ मा हकिन्स पहिलोपटक फेसबुकमा छाए । फेसबुकको पहिलो पोस्टमा उनले लेखेका थिए ‘म हमेसा सृष्टिको रचनामाथि केन्द्रित छु । समय एवं अन्तरिक्ष हमेसाका लागि रहस्य बन्न सक्छ । यसमा मेरो कोसिस रोकिन्न ।
हकिङले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको पटक-पटक बताउने गरेका थिए ।
‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’