जनताको पक्षमा बोल्छु भन्ने ज्ञानेद्र जबरजस्ती करणीमा पक्राउ ,,

कार्तिक २९ ,काठमान्डौ – नेपालमा पछिल्लो समय बलात्कार र हत्या हिँसाका घटना नेपालमा बढ्दो भईरहेको छ ।

,यस्ता घटनामा नेपला सरकार देखि पक्ष विपक्षिका नेता कार्यकर्ता सर्वसाधारणमात्र नभई सांसद सभामुख समेत अहिले जेल जेल चलान छन् ।

तेस्तै घटनामा अदालतले ज्ञानेन्द्र गजुरेल र सन्देश शर्मा पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

lekbesi

महानगरीय प्रहरी परिसर, जावलाखेलको टोलीले ३ कात्तिकमा उनीहरुलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको थियो।

पोखरेल पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य हुन् भने गजुरेल नेविसंघको पूर्वकेन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य थिए ।

दुवै जनामाथि २९ असोजमा ललितपुरमा १९ वर्षीय युवतीमाथि बलात्कार गरेको अभियोग लागेको थियो ।

जिल्ला अदालत ललितपुरले शुक्रबार आदेश लिएलगत्तै दुवैलाई नख्खु कारागार चलान गरिएका ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङले बताए ।