Simta
Gurvakot
Gurvakot

प्रधानमन्त्रीले मोदीलाई भने आफ्नो सेना फिरता लैजानुहोस हाम्रो भुमि छोड्नुहोस,

मंसिर १,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भुमि भारत होस् वा चाईना कसैलाई एक ईन्चपनि मिच्न नदिने चेतावनी दिएका छन् ।

कालापानीमा रहेका आफ्ना सेनालाई फिरता लिन भारत सरकारलाई आग्रह गर्दै उनले वर्तमान सरकार सीमा समस्या समाधान गर्न सक्षम रहेको पनि स्पष्ट पारे ।

नेपालि भुमिमा भारतले पटक पटक सताब्दी देखिने भुमि मिच्ने गरेको भन्दै अब यो कार्य वर्तमान सरकारलाई सैह्य नहुने समेत प्रधानमन्त्री ओलीले बताए ,।

lekbesi

कतिपयले अहिले भारतले भुमि मिचेको भन्दै जनतामा भ्रम फैलाउने र उचाल्ने गरेको भन्दै यो कार्य सताब्दीबाटनै भारत सरकारले गरेको समेत जानकारी गरे ।

यो नेपाल जनताको सरकार हो। हामीलाई कसैको भुमिको बारेमापनि मतलब छैन। हाम्रो भुमिमा रहेका आफ्ना सेनालाई तत्काल फिरता लैजानुहोस ओलीले भने।

कतिपयले हिरो भनेर सडकमा उत्रने र नक्सा सच्याउने कुरा उठाएपनि भूमि फिर्ता लिने विषय महत्वपुर्ण भएको ओलीले बताए । हामि नेपालि कसै संग नराम्रो हुन चाहन्नौ।

छिमेकी रास्ट्रसंग पनि वादविवाद गर्दैनौ र कसैको तनाब पनि सहन्नौ ,झनै कालापानीलाई भारतले नक्सामा राख्नु त हाम्रो सार्वभौमसत्तामा नै आक्रामक गरेको बुझिन्छ ।

तेसैले आफ्नो सेना फिरता लैजानुहोस ,साथै सरकारले यो सिमा विवादलाई वार्ताको माध्यामबाट समाधान गर्ने पनि प्रधानमन्त्री ओलीले बताए ।

Simta

पछिल्लो समय राजनीतिक पूर्वाग्रह र आत्मकेन्द्रीत भएर सरकारको विरोध हुने गरेको भन्दै उनले दुवै ढंगका विरोध उचित नरहेको बताए ।

साथै प्रधनमन्त्रीले भने दुनियामा आईडोलोजिक पूर्वाग्रह छ पहिलो कम्युनिष्ट सरकार छ । त्यसकारण विरोध गर्नुपर्छ ।

जे गरेपनि विरोध गर्नुपर्छ जसो गरेपनि विरोध गर्नुपर्छ ।सरकारले जति राम्रो गरेपनि विरोध गर्न पर्छ भने धारणा बोकेका पक्षले जनतामा भ्रम छर्ने र उत्तेजनामा ल्याउने गरेको भन्दै यो कार्य तत्काल रोक्न समेत जानकारी गरेका छन्।

यि कुनैपनि विरोध पनि उचित नरहेको प्रधानमन्त्रीको सुझाव छ। कसैले भने जस्तो भएन भने र कुनै मन परेको चिज पाएन भन्दैमा विरोध गर्ने र नाराबाजी नगर्न समेत प्रधनमन्त्री ओलीले बताए।

सिद्धान्तको जग नै नाफा कमाइमा रहेको पूँजीवाद अशक्त अवस्थामा रहेको र वास्तविक सिद्धान्तमा अडिन नसकेको प्रधानमन्त्रीको टिप्पणी छ ।

उनले भने, ‘पूँजीवाद अहिले लौरो टेकेर लड्खडाएको स्थितिमा छ यद्यपी फाईफुईँ धेरै छ । हिजोको ओरिजनल पूँजीवादको अवस्थामा रहन सकेको छैन ।

अस्तित्व रक्षाका लागि कतिपय समाजवादका विचारहरु, लक्ष्यहरु सापटी लिएर, त्यहाँबाट तानेर पूँजीवादले आफ्नौ मौलिक प्रवृत्तिलाई छोडेर समाजवादका कुराहरुलाई अंगालेको छ ।

फेरि पनि पूँजीवाद क्राइसिसमा छ ।’काम नगरिकनै पैसा कमाउने संस्कारको विकास हुदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले त्यस किसिमको प्रवृत्तिबाट जोखिन पनि युवाहरुलाई सचेत गराए ।

केही कमिकमजोरी भएपनि लोकतान्त्रिक प्रणाली भएकाले जस्तो भएपनि शासक स्वीकार्नुपर्ने विगतको जस्तो बाध्यता अहिले नभएको भन्दै उनले सिर्जनात्मक सोचका साथ काम गर्न प्रधानमन्त्रीले निर्देशन दिए ।