नेविसंघको माइतिघरमा विरोध प्रदर्शन प्रधानमन्त्री भन्छन हिरो बन्न नखोजौ सरकारले वार्ता गरिरहेको छ ,
मंसिर १ ,काठमान्डौ – निवेसंघले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ,।भारत र चिनले नेपालको सिमा मिचेको भन्दै नेपालि कांग्रेसको भात्री संगठन निविसंघले नाराजुलुस निकाल्दै विरोध गरेको हो।
नेविसंघले कालापानी लिपुलेख हाम्रो हो ,गो ब्याक ईण्डिया ,भारत सरकार मुर्दावाद जस्ता नारा लगाउने र प्ले कार्ड बोक्ने गरेका छन्।
,केहिदिन अगाडी नेविसंघले भारतीय राजदुतावास अगाडी लैनचौरमा नाराबाजी गर्दै भारतको नक्सा समेत जलाएको थियो।
भारतले केहि हप्ता अगाडी सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको भुमि कालापानीलाई राखेको भन्दै सरकार र प्रतिपक्षमा पनि चर्को छलफल भईरहेको छ ।
सरकार भित्रका सांसद मन्त्रिले पनि तत्काल कालापानीको सिमानाको बारेमा एकसन् लिन सरकारलाई चेतावनी दिएका छन्।
तेस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीमा रहेका भारतीय सेनालाई फिर्ता लिन समेत भारत सरकारलाई आग्रह गरेका छन्।
साथै कालापानी लिपुलेखमा नेपालको एक ईन्च भुमि मिच्न नदिने समेत ओलीले बताएका छन्।
नेविसंघले यति खेर चिनविरुद्दपनि नाराबाजी गरेको छ साथै वालुवाटार र खुल्ला मन्चत जोगायौ सरकार कालापानी लिपुलेख जोगाउन किन ढिला गरेको भन्दै नाराबाजी गरेको हो।
रास्ट्रियता लोकतन्त्र समाजवाद र विद्यार्थी एकता हाम्रा आदर्श हुन् भन्ने ब्यानर बोकेर गरेको प्रादर्शनलाई नपाल विद्यार्थी संघले आयोजक गरेको हो ।