नेकपाको कार्यकारी अध्यक्षमा प्रचण्ड ,

मङ्सिर ४ ,काठमान्डौ – सत्तारुढदल नेकापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी सुम्पेको छ ।

तेस्तै अर्का अध्यक्ष केपी शर्मा ओली भने प्रतिनिधिसभाको यो कार्यकालभर ५ वर्ष सम्म प्रधानमन्त्री रहनेछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो ।

यसअघि दुई अध्यक्षले सरकारको आधाआधा कार्यकाल नेतृत्व गर्ने सहमति थियो । यो संगै दुई अध्यक्षमा यो भन्दा अगाडी भएको आलोपालोको सहमति अन्त्य भएको हो ।

अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ ।

उनकाअनुसार पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयले अपसी सरसल्लाह गर्नेछन् भने पार्टी सञ्चालन गर्दा बैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि सहमति भएको छ । दुबै अध्यक्षको वरियता क्रम यथावत नै राखिएको छ ।