रुकुम चौरजहारी

राष्ट्रपति विद्यादेवी भण्डारीको सपथको बिषयलाई लियर गम्भीर संवैधानिक प्रश्न?

रुकुम आठ विसकोट

रंग दर्पण ३० फागुन, काठमाडौं – मुलुक को तेस्रो राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले पद तथा गोपनियताको सपथ खुवायाका हुन् ।

राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।सपथ लिदा उपरास्ट्रपति नन्दबहादुर पुन केपी शर्मा ओलीसहितका उच्च सरकारी अधिकारीसहित उपस्थित थिए ।

न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ । पदमुक्त भइसकेका ब्यक्तिबाट राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर संवैधानिक प्रश्न उब्जिएको छ ।