
प्रधानमन्त्री ओलीलाई बस्न ३४ करोडको नँया घर बन्दै ,
मङ्सिर ५ ,काठमान्डौ -प्रधानमन्त्री केपी शर्मा ओलीलाई बस्नलाई नँया भवन निर्माण गरिने भएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागले बालुवाटारमा प्रधानमन्त्रीको नयाँ निवास निर्माण सुरु गरेको छ ।भवनको लागत ३३ करोड ८० लाख रुपैयाँ छ ।
पञ्चायतकालमा निर्मित पुरानो भवन भत्काई विभागले नयाँ बनाउन लागेको हो ।

नयाँ भवन नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवासभित्र दक्षिणतर्फ रहेको अर्को भवनमा बस्ने विभाग स्रोतले जानकारी दिएको छ ।
निर्माण ठेक्का पाएको कन्टेक प्रालिले ०७८ भदौ ११ भित्र नयाँ भवन बनाइसक्ने विभागले जानकारी दिएको छ ।