संघिय मामिला तथा सामान्य प्रसासनमा मन्त्रि हृदयेश त्रिपाठी,
मङ्सिर ५ ,काठमान्डौ – संघिय मामिला तथा सामान्य प्रसासनमा मन्त्रि हृदयेश त्रिपाठी नियुक्त भएका छन् ।
उनले आजै शितल निवार रास्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन्। यो संगै उनलाई मन्त्रलायको बाटो खुलेको छ।
हृदयेश त्रिपाठी नवलपरासी क्षेत्र नं.-१ बाट स्वतन्त्र निर्वाचित जनप्रिय सांसद नेता हुन् उनले आफ्नो क्षेत्रमा जनताको भब्य मन जित्न सफल भएका छन्।
उनको आठ वर्षपछि सिंहदरबारमा इन्ट्री भएको छ ,यसअघि त्रिपाठी २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।
उनलाई मन्त्रिमा नियुक्त भएदेखि आफ्नो क्षेत्र संगै विभिन्न ठाँउबाट सुभकामनाको ओईरो लागेको छ।
प्रधनमन्त्री केपी शर्मा ओलीले मन्त्रि फेरबदलको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।
जसमा संघिय मामिला तथा सामान्य प्रसासनमा मन्त्रि लालबाबु पण्डितलाई हटाएर हृदयेश त्रिपाठीलाई नियुक्त गरिएको हो ।