जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै महरा पुगे उच्च अदालात ,

मङ्सिर ५ ,काठमान्डौ – संसद सचिवालयकि कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा उच्च अदालात पुगेका छन ।

जिल्ला अदालतले थुनामा पठाउने आदेशविरुद्ध उनले जिल्ला अदालत काठमान्डौको आदेश बदर गर्न माग गर्दै महराले उच्च अदालत, पाटनमा निवेदन दर्ता गराएका हुन् ।

फौजदारी कार्यविधि संहिता, २०७४ मा रहेको व्यवस्था बमोजिम बिहीबार महराले निवेदन दिएको अदालतका सूचना अधिकारी मोहन सुवेदीले बताए ।

lekbesi

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । महरा अहिले डिल्लीबजार कारागारमा छन् ।