उच्च अदालत पाटनले भन्यो महरालाई थुनामा राख्नुको आधार र कारण प्रतिवेदन पेश गरि पाँउ ‘,

मङ्सिर ६ ,काठमान्डौ – निवर्तमान सभामुख महरालाई थुनामा राख्नुको कारण खुलाएर ‘कैफियत प्रतिवेदन’ पेश गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।
मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंलाई कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।
महराले आफुलाई कानुन विपरित थुनामा राखेको दाबी गर्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।निवेदनमा जिल्ला अदालत काठमाडौंले पुर्पक्ष थुनामा राख्ने भनी गरेको आदेश बदर हुनुपर्ने माग छ ।


महराको निवेदन हेरेपछि उच्च अद्लातले महरालाई जिल्ला अदालतले आरोपितमाथि लागेको आरोप, त्यसक्रममा बुझिएको प्रमाण, अन्य आधार र कारण खुलाएर प्रतिवेदन पठाउन आदेश दिएको छ ।
महरालाई थुनामा राख्न कानुनसम्मत थियो वा थिएन यसको प्रस्ट पार्ने छ। लामो समयपछि महराको बयान लिएको काठमान्डौ जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा कसुरमा संलग्न होइनन भन्नसक्ने अवस्था नरहेको’ भन्दै पुरपक्षका लागि थुनामा पठाएको थियो ।
,महरा अहिले डिल्लीबजार कारागारमा छन् ,गत असोज १२ गते सचिवालयकि कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कारको प्रयास गरेको आरोप लगाएपछि महरालाई प्रहरीले पक्राउ गरेको थियो ।महराको यो वर्षको दशैँ तिहार कारागारमा नै बित्यो ,।
