suekhet
bheriad

यौन सम्बन्धबाट पनि सर्यो डेंगु

lekabesi

मङ्सिर ७ ,काठमान्डौ -,चिकित्सकले बताए अनुसार डेंगु नसर्ने रोग मानिन्छ ।,भाईरसका कारणले हुने संक्रमक ज्वरो डेङुगुलाई लाम्खुट्टेले फैलाउने मानिन्छ ।

तर गत सेप्टेम्बरमा स्पेन्का चिकित्सकले शारीरिक सम्बन्धले समेत डेङुगु सरेको पहिलोपटक पुष्टि गरेका छन ।त्यहाका स्वास्थ्य अधिकारिहरुले एक ब्याक्तिद्वारा यौनका माध्यामले डेङुगु फैलिएको पुष्टि गरेक हुन ।

अहिले सम्म लाम्खुट्टेले नै डेङुगु भाईरस फैलिने जान्कारी थियोे ।यो घटना म्यड्रिकको हो । म्यड्रिककि एक ४१ वर्षीय महिलाले पुरुष साथिसङ्ग यौनसम्पर्क गरेपछि डेङुगु भएको अधिकारीले बताएका छन ।

ती महिलाले पुरुष साथी संग क्युबाको यात्रा गर्दा लाम्खुट्टेको टोकाईले डेङुगु भएको पुष्टि गरेको हो ।म्याड्रिक स्वास्थ्य विभागले सेप्टेम्बरमा ती ब्याक्तीलाई डेङुगु भएको पुष्टि गरेको हो ।

डेंगु मुख्म रुपले एडिस एजेप्टि लामखुट्टे द्वारा लाग्ने गर्दछ ।स्टकहोमस्थित युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एनड कन्ट्रोल ईसिडिसिका अनुसार पुरुषसंग यौनसम्बन्ध राख्नेमा डेंगु भईरस सरेको यो पहिलो केस हो ।

,शुक्रकिटको विश्लेषण गर्दा क्युबामा फैलीएको डेंगु भाईरस फेला पुस्टि भएको हो ,।ति महिलाले डेंगु फैलीएको क्षेत्रको भ्रमण समेत गरेकी छिन ,।एजेनसी।