इमि प्रगतिशील बहुउद्देश्यीय जडिबुटी तथा सहकारी संस्थाको विद्यालय प्राङ्गनमा छैठौ बार्षिक साधारण सभा सम्पन्न ,

Naumule

 

मङ्सिर ७ सुर्खेत – सुर्खेत गुर्भाकोट ६ बडाखोलीमा इमि प्रगतिशील बहुउद्देश्यीय जडिबुटी उत्पादक सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

यश सहकारीले आज मिति २०७६ मङ्सिर ७ गते गुर्भाकोट ६ मा स्थित बडाखोली युनाइटेड पब्लिक स्कुलको प्राङ्गणमा साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष प्रतापसिं मगरको सभापतित्व र गुर्भाकोट नपा वडा नं. ६ का वडा अध्यक्ष श्री धनिराम जैसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभा संस्थाका सचिव श्री भीमप्रकाश ओलीले संचालन गर्नुभएको थियो ।

२०६६ मा बिधिवत दर्ता भएको संस्थामा २०७४ सम्म २८ जना सेयर सदस्य र रु १४०००/- सेयर पुजी रहेको सहकारीको सचीवमा भीमप्रकाश ओलीले जिम्मा सम्हाले पछि उहाले सबैको सल्लाह र सहयोग लिई सहकारीको वृद्धि बिकासमा फड्को लिएपछी सहकारीमा हाल आएर १७४ जना सेयर सदस्य र रु १५३८८०/- सेयर पुजी रहेको सचीवद्वारा प्रस्तुत बार्षिक प्रगति प्रतिबेदनमा उल्लेख गरिएको छ।

Gurvakot

सहकारी स्थापनाकाल देखि झण्डै ८ बर्ष ओझेलमा परेपनी २०७४ देखि भने संस्थाले छोटो समयमै गति लिएको छ । यश आ.व.को अन्त्यसम्म सेयर सदस्य ५०० र सेयर पुजी दोब्बर पुर्‍याउने लक्ष्यका साथ गुर्भाकोट ६ मा “एक घर एक सेयर” अभियान संचालनमा ल्याएको संस्थाका सचिव ओलीले रङ्ग दर्पणलाई जानकारी दिनुभयो ।

सभामा बोल्दै प्रमुख अतिथी श्री धनिराम जैसीले यश सहकारीसंग समन्वय गरेर कृषि तथा पशुपालनका कार्य संचालन गर्न आफू ईच्छुक रहेको भन्दै अन्य सहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो भने विशेष अतिथी नवलसिं खत्रीले सहकारीमा संचालक समिती सेयर सदस्यहरुबिच सहकार्यबाट मात्र लक्ष्यमा पुग्न सकिने बताउनु भएको थियो ।

संस्थाले गत आ.व. को सर्बोत्कृष्ट बचतकर्ताको रुपमा चित्रकला थापा र सर्बोत्कृष्ट ब्यबसायीको रुपमा मन बहादुर घर्तिलाई सम्मान पत्र प्रदान गरेको थियो भने सहकारीलाई ८ आना जग्गादान गर्ने संस्थाका अध्यक्षलाई दोसल्ला ओढाई प्रमाणपत्र सहित विशेष सम्मान गरेको थियो।

भिम प्रकाश ओली सुर्खेत ,

Bangad kupinde