suekhet
bheriad

उपनिर्वाचनको सबै तयारि पुरा ,सबै मुख्य निर्वाचनमा पुग्यो मतपत्र ,

lekabesi

मङ्सिर ८ ,काठमान्डौ – मङ्सिर १४ गते हुन गईरहेको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारि पुराभएको निर्वाचन आयोगले जनाएको छ ,।

उपनिर्वाचनको लागि मतपत्र र मतदाता परिचयपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको आयोगले जनाएको हो । निर्वाचन सामग्री नेपालि सेनाले सुगम र दुर्गम स्थानमा विभिन्न माध्यामले पुर्याएको छ ।

यो संगै उपनिर्वाचनमा आवस्यक कागजाज ,सुरक्षाकर्मी ,मतपेटिका ,मतपत्र लगायतका सामानहरु निर्वाचनस्थल र क्षेत्रमा पुर्याएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनका लागि आयोगले ५२ नै प्रकारका मतपत्र तयार गरेको छ ।प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीय तहमा उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ समेत गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा छन भने स्थानीय तहका ४८ पदका लागि २७३ जनाको उम्मेदवारी कायम छ ।आफ्ना कार्यकर्तालाई जिताउन विभन्न राजनीति दलका नेताहरु विभिन्न्न जिल्लामा करा कसी गरेका छन्।