कालापानी लिम्पियाधुराको बारेमा प्रधानमन्त्री ओली मौन छन् बाबुराम भट्टराई ,

मङ्सिर ८ ,काठमान्डौ – हालैमात्र भारतले आफ्नो नक्सा सार्वजानिक गर्दा नेपालको भुमि कालापानीलाई भारतको नक्सामा राखेको भन्दै नेपालका विभिन्न जिल्लामा विरोध प्रदर्शन जारि छ ,,।

कालापानीको विषयलाई लिएर सरकार पक्ष र प्रतिपक्षमा पनि चर्का चर्की चलेको छ ,। ,सरकारले भने कुटनीतिक पहलबाट कालापानीको समाधान गर्ने बताएपनि नेविसंघ देखि विभिन्न पार्टीका भात्री संगठनले विरोध गरेको छ ,,।

तेस्तै हिजो मात्र नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीको निर्देशनमा भारतले कालापानी आफ्नो नक्सामा राखेको समेत आरोप लगाएका थिए ,।

lekbesi

तेस्तै समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रवादको कुरा गर्ने प्रधानमन्त्री ओलीले कालापानी, लिम्पियाधुरा मिचिँदासमेत किन कुरा उठाउन नसकेको भन्दै प्रश्न गरेका छन् ।

समाजवादी पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले पोखरामा प्रधानमन्त्री ओलीलाई यस्तो प्रश्न गरेका हुन् ।उहाँले कुनै राजनीतिक पहल गर्नु भएको छैन ।’

प्रधानमन्त्रीले बाहिर राष्ट्रवादको डङ्का पिटेर भित्रभित्रै सत्ताको डरले लत्रिएर बसेको भन्दै भट्टराईले कडा आलोचना गरे ।उनले अगाडी भने भारतको नाकाबन्दीमा प्रधानमन्त्री ओलीले अडान लिनु भएको थियो ,,।

सबैलाई लाग्यो जे गर्छन त ओलीले गर्छन तर त्यो जनतामा भ्रम रैछ,।  आज कालापनी, लिम्पियाधुराको जुन कुरा उठिरहेको छ त्यो विषयमा सरकार गम्भीर रुपले प्रस्तुत हुने क्रममा उल्टै मोदी संग फोन गर्नु भयो सानो पत्र लेख्नु भयो भन्ने सुनिन्छ यो लजास्पद कुरा हो उनले भने ।

६० वर्षदेखि भारतीय सेना आएर बसिरहेको छ, लिपुलेकदेखि लिम्पियाधुरासम्मको सिमाना कालिनदीले निर्माण गरेको सिमानाभन्दा पूर्वको भाग नेपाली भू–भाग हो भनेर सुगौली सन्धिमा प्रष्ट लेखिएको छ ।’

शासकहरुले जनतासामु राष्ट्रियताको चर्को डङ्का पिट्ने र भित्रभित्र विदेशी शक्तिसँग झुकेर आफ्नो भू–भाग सुम्पेको भन्दै उनले कडा आलोचना गरे ।

‘त्यो चाहे राजा महेन्द्र हुन्, चाहे अहिलेका केपी ओली हुन्,’ उनले भने, ‘त्यत्रो राष्ट्रवादको नारा उठाउने मान्छेले, किन केही गरिरहनुभएको छैन भट्टराईले भने ?