बास्कोटाको देउवालाई प्रश्न टनकपुर बेची खानेले कालापानीको कुरा गर्न मिल्दैन ,
मङ्सिर ८ ,काठमान्डौ – पोखरामा कांग्रेसको एक चुनावी सभालाई सम्बोधन गर्दै गर्दा कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीमा माथि गम्भीर आरोप लगाएपछि चौतर्फी देउवाको आलोचना हुन थालेको छ ।
,देउवाले प्रधानमन्त्री ओलीको निर्देशनमा भारतले आफ्नो नक्सामा नेपालको सिमाना कालापानीलाई समेटेको हुनसक्ने भन्दै आरोप लगाएका हुन् , ।
देउवाले यो बोलीलाई तत्काल नसच्याए चर्को मूल्य चुकाउनु पर्ने समेत नेकपाका नेता कार्यकर्ताले चेतवानी दिएका छन् ।देउवाको यस्तो भनाईलाई सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उनलाई पोखराबाटै जवाफ फर्काएका छन् ।
पत्रकार महासंघ कास्की शाखामा बोल्दै बास्कोटाले भने देउवाले सत्तामा रहुन्जेल सम्म भारत संग गरेका सम्झौता कति छन् नाकाबन्दीमा एक शब्द बोल्न नसक्ने, म्याउँ गर्न नसक्ने, अहिले चाहिँ चुनाव आयो भनेर ढाडे बनेर कुर्लिएर हुन्छ ?
चुनाव हार वा जितसँग यस्ता विषय ल्याएर जोड्नु हुँदैन बास्कोटाले भने ।राष्ट्रहित विपरीत कांग्रेस नेतृत्वको तत्कालीन सरकारले टनकपुर सन्धि गरेकोदेखि अघिल्लोपटक देउवा प्रधानमन्त्री बन्दा भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको प्रसंगसमेत बास्कोटाले उठाए ।
टनकपुर सन्धिप्रति देउवाको दृष्टिकोण के हो ? भनेर प्रश्न गर्दै उनले भने, ‘यस्ता आरोप लगाउने हो भने गण्डकी, कोशीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ श्री शेरबहादुर देउवाले दिनुपर्छ । उहाँको दलले दिनुपर्छ बास्कोटाले भने ।