suekhet
bheriad

प्रचण्ड ,बादल ,गौतमको चुनावी सभामा बम बिस्फोट गाडीमा क्षति भिडियो सहित ,

lekabesi

मङ्सिर ११ ,गण्डकी – सत्तारुढदल नेकपाको चुनावी सभालाई लक्षित गर्दै पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनी केन्द्रमा बम विस्फोट भ एको छ ,।

बुधबार प्रदर्शनी केन्द्रको पश्चिमतर्फ ठूलो आवाजमा बम विस्फोट भएको हो । विस्फोटबाट पार्किङमा रहेको ग १ ख ८८९१ नम्बरको बसको पछाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।

मङ्सिर १४ गतेको उपनिर्वाचनको लागि सत्तारुढदल नेकपा र प्रतिपक्षि दल नेपालि कांग्रेस पार्टी चुनावीसभामा लागिपरेका छन् नेकपाको चुनावी सभामा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बोलिरहेका थिए।

तेस्पछि सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वगृहमन्त्री एवं सचिवालय सदस्य वामदेव गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।नेकपाले उप निर्वाचनका लागि कास्की २ बाट तत्कालीन सांसद रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

बमको ठुलो आवाजले एकछिन जनतालाई तहसनहस समेत पारेको प्रहरीले जनाएको छ बम कसले र किन बिस्फोट पारो भन्ने जानकारी हुनसकेको छैन ।

बिस्फोट भएको क्षेत्र वरपर अहिले सुरक्षा कडा पारिएको छ ,चुनावी सभाको लागि पोखराको विभिन्न क्षेत्रबाट र्‍यालीसहित नेकपाका नेता, कार्यकर्ता प्रदर्शनी केन्द्रमा पुगेका थिए।