चोरले पैसा हैन प्याज चोरेपछि पसलका साहु दङ्ग ,
मङ्सिर १२ ,काठमान्डौ – बजारमा अहिले पसल वालाले प्याज बेच्ने छोडेका छन् ।कारण प्याजको भाउ अहिले बजारमा २३० पुगेको छ ।
तरकारीमा रेट बढ्दै गएपछि जनता देखि पसलकर्ता आक्रोसित छन् तर के गर्नु प्याज खानेले रोप्न र उत्पादन पनि गर्न जान्नु पर्छ भन्ने सिदान्त सबैमा लागु हुन जरुरि छ ।
तेस्तै प्याजको मूल्य नेपालमात्र हैन भारतमा पनि अत्यधिक बढेको छ ।आश्रयजनक त के भयो भने चोरले पसल छोरि गर्दा पैसा भने केहि लगेनन तर प्याज चोरी लगे।
भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा त्यस्तै घटना भयो। एक सब्जी पसल फोडेर चोरले प्याज चोरे तर छेउकै गल्लामा भएको पैसा छुँदा पनि छोएनन्।
पसलका साहु अजयदास सधै जसो आफ्नो पसल खोल्ने बन्द गर्ने गर्थे तर मंगलबार बिहानै उनले आफ्नो पसल खोल्दा पसलको समान छरपस्ट भएको देखे ।
त्यो देखेपछि अजयले चोरी भएको ठहर गर्दै झट्टपट्ट आफ्नो गल्लामा रहेको पैसा गन्न थाले पैसा सहि सलामत रहेको देख्दा उनि अचम्म परे तर प्याजका बोरा भने पसलबाट गायब देखे ।
अनि बल्ल उनलाई थाहा भयो चोरले पैसा होइन प्याज चोरेको रहे छ ।अजयको पसलबाट करिब ५० हजार बराबरको प्याज चोरी भएको थियो ।
भारतमा प्याजको मूल्य आकासीए संगै सरकारले सिमित मात्रामा पसलवालाई प्याज दिन थालेपछि प्याज चोर्ने को बिगबिगी चलेको छ। भारतमा अहिले प्याजको मूल्य आईसी १०० चलेको छ।