suekhet
bheriad

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार ,

lekabesi

मङ्सिर १३ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्यमा क्रमिक सुधार भएको छ। ओलीको मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

त्यसको तीन दिनपछि उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

चिकित्सकको जानकारी पछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन् बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु ।

यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।