त्रिभुवन विमानस्थलमा फेरी ८ किलो सुन बरामद ,

मङ्सिर १३ ,काठमान्डौ – त्रिभुवन विमानस्थलमा ८ किलो अबैध सुनसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका उनीहरुलाई बिहीबार राति ११ बजे राहदानी वाहक दुई चिनियाँ नागरिकलाई ४/४ किलो सुनसहित पक्राउ गरिएको हो।

नियन्त्रणमा लिइएकामा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।

सुन उनीहरुको हो वा भरिया को हो भन्ने खुलेको छैन पक्राउ परेका उनीहरुलाई अनुसन्धान भईरहेको विमानस्थल प्रहरी प्रमुख डिआईजी सूर्य उपाध्यायले बताए।