suekhet
bheriad

सल्यानको कुमाखमा नेकपाको विजयी ,नेकपाले ७९२ मत पाँउदा कांग्रेसको जम्मा २५१ ,

lekabesi

मङ्सिर १४ ,सल्यान – कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् ।

आज १४ गते शनिबार उपनिर्वाचन वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले जम्मा २५१ मत पाएका छन् ।
त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ । गत चुनावमा माओवादी केन्द्रका हरि प्रकाश बुढाथोकीले ७८८ मत ल्याएर जितेका थिए भने एमालेले २२९ मत ल्याएको थियो । दुई पार्टी मिल्दाखेरि यसपालि नेकपाको भागमा ७९२ मत परेको छ ।

नेपाली कांग्रेसले अघिल्लो चुनावमा यस वडामा १८० मत मात्र पाएको थियो ,कुमाखमालिका ५ यसअघि पनि नेकपाले नै जितेको ठाउँ हो ।