कास्कीमा विद्या भट्टराईको मत दोब्बर ,

मङ्सिर १५ ,पोखरा – कास्की २ को उपनिर्वाचन उमेद्वार विद्या भट्टराईले प्रतिद्वन्दी कांग्रेस उमेद्वार खेमराज पौडेललाई दोब्बर मतले जित हासिल गरेकी छिन ।

भट्टराईले १५ हजार ५ सय ८ मत ल्याउँदा पौडेलले ७ हजार ८ सय ७ मत ल्याएका छन् । अहिलेसम्म पोखरा महानगरको वडा नं ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ ।

पोखरा महानगरपालिकाको ५ वटा वडाको २५ हजार ५ सय ३३ मत गणना हुँदा समाजवादी पार्टीका धर्मराज गुरुङले ९०२, साझा पार्टीकी रजनी केसीले ३ सय ५८ र राप्रपाका रोमबहादुर भण्डारीले ३ सय ६० मत पाएका छन् ।

विवेकशील पार्टीकी जमुना शर्माले ३२ भोट पाएकी छन् ।कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कुल मतदाता संख्याको ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।