नेकपालाई दुई तिहाईकाे ठुलाे दम्भले खोक्रो बनायाे,

मङ्सिर १६ ,काठमान्डौ – बर्तमान नेकपा सरकारबाट जनता र कार्यकर्ता सन्तुस्टि छैनन । स्थानिय सरकार गठन प्रक्रिया देखि पार्टी एकतामा जिम्मेवारी बाँठफाँट र पार्टी भित्रका अान्तरिक समस्या ले गर्दा नै पार्टी र सरकारले गति लिन नसकेछ हाे ।
देशका ठुला कम्युनिस्ट पार्टीको एकतापछि बनेकाे नेकपाकाे सरकार बाट नेपाली जन्ताले आर्थिक,सामाजिक,साँस्कृतिक रूपान्तरण सहितकाे समृद्धि चाहेका थिए तर तेसाे हुन सकेन ।
हाम्रो सरकारमा दुई तिहाईकाे संख्या त अाेगड्याै तर जन्तालाई कम्युनिस्टको सरकार हाे भन्ने अनुभुति गराउन सकेनाै ।
पहिलाे कुरा स्थानिय देखि संघिय सरकारकाे प्रतिनिधित्व गर्ने जन्ताका प्रतिनिधिहरूका प्रवृत्ति जन्य समस्या हरू देखिए र पार्टी एकताको सबै तहका संरचनाहरू पनि समयमा बन्न सकेनन् जस्ले गर्दा पार्टी चेनअफ कमान्ड म चलेन ।

अब नेकपाकाे पार्टी एकातामा गम्भीर समिक्षाको समेत जरुरि देखिन्छ । हाम्रो पार्टी संख्यात्मक हिसाबले ठुलो भयो र दुईतिहाई बहुमतकाे अहंकार पनि गर्ने परिनाम पनि निकाल्न नसक्ने स्थिति अायाे।
दोस्रो कुरा देश संघियतामा गएपछि भाैगाेलिक बिभाजन अनुसार राज्य शक्तीको बाँडफाँड, कानुन र जनशक्ति अपुग जस्ता कारणले पनि समस्या पैदा भयाे यी कुरा तत्काल सम्बाेधन गर्नु पर्छ ।
संख्यात्मक हिसाब गर्दा तह -तह बाट पार्टीमा केही समावेश भएका छन अन्य पार्टीबाट समायाेजन भएकाहरू भोलि जता हावा लाग्छ उतै नजालान भन्न पनि सकिदैन त्यो अवस्थामा नेकपाको दुईतिहाई रहने की नरहने भन्ने कुरा मुख्य चुनाैति हो ।
उपनिर्वाचनको मतपरिणाम भक्तपुर ,घोराही ,१६ चितवन र धरानको परिणामले नै दुईतिहाई सरकारलाई गतिलो झट्का दिएकाे छ । यो पनि सरकारलाई ठुलो चुनौती र सोच्ने विषय हो ।
तेसैले पार्टीभित्र अझै निर्मम समिक्षाको खाँचो देखिन्छ। हामीले धेरै ठाँउमा जित हासिल गरेका छौ भनेर सामाजिक संजाल रङ्गयाएर बुर्कुसी मार्नुपर्ने पनि म देख्दिन ।
देशमा हाम्रो स्थानीय,प्रदेश र संघमा दुईतिहाईको स्थाई सरकार छ । श्रोत साधन ,जनशक्ति कम्युनिस्टकै छ । यो अस्वथामा पनि उपनिर्वाचनको मत परिणामले सरकारको गतिलाई झट्का दियो ।अब पनि हामि सच्चिएर जानसकेनौ भने पछुताउनु बाहेक अरु केहि देखिदैन , ।

नेकपामा अहिले देखिएका समस्याहरु,
१- हामिलाई दुई तिहाईकाे ठुलाे दम्भले खोक्रो बनायाे,
२-हाम्रा पार्टीकाे एकता भयाे तर अझै हाम्रा मनको एकता हुन सकेन,
३- स्थानीय तह देखि संघमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि/सरकारकाे कार्यशैली र प्रबृत्ति जन्ता मुखि भएनन् ,
४- जन्ताकाे अपेक्षा अनुसारको बिकास हुँदै भएन ,
५- सरकारमा गएका मान्छे आफुखुसि मनाेमानि चले(पार्टीले सरकारलाई नियन्त्रण गर्न सकेन)
अझै केही बिग्रीएको छैन्,
१-आफुलाई पहिलो दर्जाको र अर्कोलाई दोस्रो दर्जाको ठान्ने प्रवृत्ति सुधाराै ,
२- सरकारमा गएकाहरूले आफुलाई मालिक/ शासक हाेईन जन्ताकाे सिपाई हुँ भनेर काम गराैँ ,
३- जन्ताकाे मनाेबिज्ञानकाे अध्यन गरि जनस्तरमा याेजन निर्माण गराै र जन्तालाई याे सरकार हाम्रो हाे भन्ने गरि अनुभुती गराउ ,
४- शिक्षा,स्वास्थ्य,राेजगार सरकारले पुर्ण रूपमा जिम्मा लिने गरि नीति र कार्यक्रम बनाउ ,
५- हजारौं युवाहरू काम नपाएर बरालिएर दिन बिताईरहेका छन्,हजारौं बिदेशीएका छन् ।
६-आफ्नै देशमा परिश्रम गरेर खाने बाताबरणकाे निर्माण गराैँ ठुला -ठुला उधाेग,कलकारखाना खाेलाै
७-बन्द भएका कलकारखानालाई संचालनमा ल्याउन ल्याउ ,
।सरकारकाे समय रहुन्जेल पार्टीमा दुईतिहाइको दम्ब छ,विदेश भ्रमणको चटारो छ,सान मान छ ।
समय गएपछि पछुताउने अवस्था नअावस ,।
तेसकारण अब सबै अा-अाफ्नाे ठाउँबाट समृद्धिको अभियानमा लागौ समृद्धि सम्भब छ हाम्रै पालामा
अहिले नगरे कहिले गर्ने, हामिले नगरे कस्ले गर्ने भन्ने भाबका साथ लागाै।अन्यथा सिंहदरबारबाट गुलिया नारा लगाएर मात्रै ईतिहास बन्दैन् हामी कम्युनिस्ट पनि हुन सक्दैनौं ।
सुन्दर शर्मा (अादित्य)
जिल्ला कमिटि सदस्य,नेकपा रूकुम(पश्चिम)
