suekhet
bheriad

बाग्लुङ्गमा जिप दुर्घटना १४ जनाको मृतु अझै पुगेन उद्दारको लागि हेलिकोप्टर ,

lekabesi

मङ्सिर १७ ,काठमान्डौ – वाग्लुङ्गको तुरतुरेताल नजिक जिप दुर्घटना हुँदा १४ जनाको मृतु भएको छ। गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको ग १ ज ५२१९ न .को जिप दुर्घटनामा परेको हो।

जिप सडक झन्डै तीनसय मिटर तल खस्दा १४ जनाको घटनास्थलमै मृतु भएको बुर्तिबाङ्ग प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काले रंग दर्पणलाई जानकारी दिए ।

इस्मा गाउँपालिका–४ साविकको दोहली गाविस–७ पैयापाटाबाट कार्की परिवार कुल पुजाका लागि बाग्लुङतर्फ जाँदै जिप दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा परि ३ जना घाईते भएक छन् ,उनीहरुलाई प्रहरीले अस्पताल पठाइएको छ । दुर्घटनास्थल नजिक तुरतुरेताल पर्दछ घटनास्थलमा मृतकको उद्दार गर्न हेलिकोप्टर पठाउने भने अहिले सम्म पुगेको छैन मृतकको सनाखत हुन बाँकि छ।