२८औ अन्तराष्ट्रिय अपाङ्ग दिवसमा प्रतापपुर गाउपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सेतो छडी र कम्बल बितरण ,
मङ्सिर १७ नवलपरासी पश्चिम-,नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले २८औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल र सेतो छडी बितरण गरेको छ ।
प्रतापपुर गागपालिकाको सहयोग र श्री जन जागृति अपाङ्ग संस्था( सिबिआर नेटवर्क) एवं अपाङ्ग समन्वय समिति प्रतापपुर गाउपालिका नवलपरासीको आयोजनामा कम्बल र सेतो छडी बितरण कार्यक्रम सम्पन्न गरिएको हो ।
२८औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा गाउपालिकाद्वारा कम्बल र छडी बितरण गरिएको गाउपालिका अध्यक्ष राजकुमार शर्माले बताउनुभयो ।
गाउपालिकाद्वारा वडाहरुमा अपाङ्ग भएकालाई कढाई तालिम दिइएको थियो भने अब कम्प्युटर शिक्षा सम्बन्धि तालिम दिने ।
गाउपालिका भित्र रहेका हरेक दलित, अपाङ्ग, विपन्न पिछडिएका लगायतको दृष्टिकोण भएकोलाई आगाडी बढने गाउपालिकाको लक्ष्य रहेको अध्यक्ष शर्माले भन्नु भएका थिए ।
कार्यक्रममा जागृति अपाङ्ग संस्था(सिबिआर नेटवर्क) नवलपरासीको अध्यक्ष बच्चा राजभरको अध्यक्षता, प्रतापपुर गाउँपालिकाको अध्यक्ष राजकुमार शर्मा प्रमुख अथित्यता र विशेष अतिथिमा गाउँपालिका उपाध्यक्ष अन्जु चौधरी र प्रशासकीय प्रमुख घनश्याम गाहा अतिथि वडा नं.-२ वडाध्यक्ष ईश्वरी चौधरी, वडा नं.-६ को वडाध्यक्ष रामहरि उपाध्याय, वडा नं.-८ का वडाध्यक्ष कादिर अन्सारी, गणेश बिक,राष्ट्रिय अपाङ्ग महासंघको जिल्ला अध्यक्ष बुद्धिसागर पाण्डेय, पूर्व सिबिआर अध्यक्ष रमेश श्रेष्ठ रामअवतार हरिजन प्रतापपुर र सुस्ता गाउँपालिकाको अपाङ्ग समन्वय समितिका सम्पूर्ण सदस्य पत्रकार लगायतको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रममा १९८ जनालाई कम्बल, पाँच जनालाई सेती छडी बितरण गरिएको र ३८ जनलाई सम्मानित समेत गरिएको जन जागृति अपाङ्ग संस्थाका अध्यक्ष बच्चा राजभरले जानकारी गराउनु भयो ।
अंगद यादव/नवलपरासी पश्चिम,