मन्त्री र मन्त्रालय टुंगो लगाउन ओली र प्रचण्ड छलफलमा बेस्त ,,
रंग दर्पण २ चैत, काठमाडौं ; मन्त्रि र मन्त्रालय बाँड फाँड गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग बीच गहिरो छलफल भयको छ ।
कसलाई कुन दिने भन्ने दुई नेताबीचको छलफलपछि मन्त्री र मन्त्रालयको टुंगो लाग्ने एमाले उपमहासचिव बिष्णु पौडेलले जानकारी दिए ।
संघीय समाजवादी फोरम र राजपालाई पनि सरकारमा सहभागी गराइने पौडेलले बताए । तर उनीहरु पनि आजै सामेल हुने नहुने टुंगो लागेको छैन । प्रधानमन्त्री ओलीले आजै राजपा अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल गरेका छन् । ओली र ठाकुरबीच वार्ता भएका कारण राजपाको बैठक स्थगित भएको छ ।
अपरान्ह चार बजे राष्ट्रपति भवनमा नयाँ मन्त्रीहरुको सपथग्रहण हुँदैछ । एमालेबाट प्रदीप ज्ञवाली र रघुवीर महासेठ मन्त्री बन्ने निश्चित भए पनि अरुको नाम टुंगो नलागेको स्रोतले जनाएको छ । प्रदेश ७ बाट प्रेम आले मन्त्री बन्ने भएका छन् । अरु नाम प्रधानमन्त्रीलेनै तय गर्ने एमाले नेताहरुले बताए ।