Gold
Bangad salyan

प्रधानमन्त्री ओली १० दिनपछि अस्पतालबाट डिस्चार्ज ,

Salyan

मङ्सिर १९ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् , दश दिनको अस्पतालमा बसाइ पछि प्रधानमन्त्री ओली बालुवाटार लागेका हुन् ,

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली आज डिस्चार्ज भएर निवास वालुवाटारतिर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए ।

चिकित्सक डा. अरुण शायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल भएको बताए ।ओलीले अब आफु पहिले जस्तै बोल्न सक्ने समेत प्रतिक्रिया दिएक छन्। ,प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न यसघि राष्ट्रपति विद्यादेवी भण्डारी ,प्रचण्ड लगायतका नेता हरु पुगेका थिए ।