विमान दुर्घटनाबारे संसदमा विशेष प्रस्ताव पारित १ मिनेट मौन धारण ,,
रंग दर्पण २ चैत, काठमाडौं : फागुन २८ गते त्रिभुवन विमानस्थलमा भएको युएस बंगला एअरलाइन्सको विमान दुर्घटनाप्रति प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । ५१ जनाको ज्यान जाने गरि भयको विमान दुर्घटना आज सम्मकै ठुलो दुर्घटना भयको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराउदै, अब देखि यस्ता घटना न हुनदिन बिसेस छलफल आयोग गठन गरेको छ ।
साथै शुक्रबार बसेको बैठकले दुर्घटनाप्रति गहिरो दुख प्रकट गर्नुका साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । संसद बैठकमा दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्मानमा एक मिनेट मौनधारण पनि गरिएको छ ।
घाइतेमध्ये १७ जना काठमाडौंको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने ३ जना डिस्चार्ज भएर घर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा संबोधन गर्दै प्रधानमन्त्री ओलीले यस घटनालाई नेपाल सरकारले अत्यन्तै दुखद र गम्भीर घटनाको रुपमा लिएको पनि बताएका छन् । सरकारले घटनाबारे जाँचबुझ गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री ओलीले आयोगले काम सुरु गरिसकेको र प्रतिवेदन बुझाएपछि सुझाव कार्यान्वयन गर्ने बताएका छन् ।