तेक्वान्दोमा नेपालको १२ स्वर्ण ,

मङ्सिर १९ ,काठमान्डौ – १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा तेक्वान्दोको प्रतिस्पर्धा सकिँदा नेपालले १२ स्वर्ण जितेको छ ।सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बिहीबारसम्म सम्पन्न कुल २९ स्वर्णका प्रतिस्पर्धामा नेपालले १२ स्वर्ण जितेको हो ।

भुपेन श्रेष्ठले स्वर्ण दिलाएसँगै नेपालले तेक्वान्दोको प्रतिस्पर्धामा कुल १२ स्वर्ण आफ्नो बनाएको थियो । पुरुष ८७ केजी तौल समूहमुनि फाइनलमा भारतका अक्ष होडालाई २९–२७ ले हराउँदै भुपेनले स्वर्ण जितेका हुन् ।
