मेलम्चीको पानि राजधानीमा आउन अब ३६५ दिन ,
मङ्सिर २० ,काठमान्डौ – मेलम्चीको पानि काठमान्डौमा आउन अझै एक वर्ष लाग्ने भएको छ ,। मेलम्चीको पनिको कार्य सुरु भएको २६ वर्ष भयो ।
मन्त्रिमा नियुक्त भएलगतै खाने पनि मन्त्रि बिना मगरले गत दशैँ अगाडीनै राजधानीबासिलाई मेलम्चीको पनि खुवाउने प्रतिबद्दता गरेकी थिईन ।
,गत वर्ष पुस महिनामा मेलम्ची खानेपानीको आयोजना इटालियन ठेकेदार कम्पनीले छोडेपछि बाँकी काम पूरा गर्न चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिइएको र काम सम्पन्न गर्न अझै एक वर्ष लाग्ने देखिएको खानेपानी मन्त्रालयले जनाएको छ ।
सो कम्पनीसँग गत असोजमा १५ महिनाभित्र काम सक्ने गरी सम्झौता भएको थियो । मेलम्चीको आयोजनाको बाँकी काम तिब्र रुपमा भईरहेको र तेस्को आफुले अवलोकन गरिरहेको मन्त्रि बिना मगरले बताईन ।
सो कम्पनीलाई १ वर्षभित्र सुरुङ र १५ महिनामा हेडवक्र्स सम्पन्न जिम्मेवारी दिइएको हो । आयोजनाको मुख्य काममा रुपमा रहेको हेडवक्र्स भनेको खोलामा बाँध बाधेर सुरुङभित्र पानी ल्याउने काम हो ।
सो कम्पनीलाई ८५ करोड १ लाख लागतमा सुरुङको काम र १ अर्ब २ करोड ८२ लाख रुपैयाँमा हेडवक्र्स बनाउने जिम्मा दिइएको हो । टनेल अडिट मार्ग तथा ३ वटा भेन्टिलेटर राख्ने काम बाँकी छ ।
मेलम्चीबाट ल्याइने दैनिक १७ करोड लिटर पानीले काठमाडौं उपत्यकाका झन्डै १ लाख ५८ हजार परिवारलाई अर्थात १३ लाख बासिन्दाका लागि वितरण गरिनेछ । मेलम्चीको पानि काठमान्डौमा दुई चरणमा आउने छ।
मेलम्ची नजिकै रहेका याङ्ग्री र लार्के खोलाको पानी ल्याउन एसियाली विकास बैंकले सहयोग गर्ने बताएको छ भने त्यसका लागि पहिला मेलम्चीको पानी काठमाडौंमा वितरण भइसक्नुपर्ने उसको सर्त छ ।
मेलम्चीको पानी ल्याउने ठाउदेखि लार्के खोलासम्म ११ किलोमिटर सुरुङ बनाउनुपर्नेछ ।
याङ्ग्री र लार्के खोला आयोजना विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) इटलीको परामर्शदाता कम्पनी इप्टिसाले तयार पारिसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
यी दुई खोलाबाठ पानी ल्याउनका लागि ३ सय ६० रोपनीभन्दा जमिन अधिग्रहण गर्नुपर्ने र यसका लागि १६ करोड रूपैयाँ मुआब्जा निर्धारण गरिएको मेलम्ची खानेपानी विकास समितिको भनाइ छ ।
यस्तै खानेपानीको पाइपलाइन बिछ्याउने, भल्भ चेम्बर, फायर हाइड्रेन्ट र घरघरमा धारा जडान गर्नेलगायतका काम पनि सम्पन्न गरेको छ ।