राष्ट्रिय खेलकुद परिषदमा पटाका पडकाउदा बालकका दुवै हातका अमला चुडीए ,

मङ्सिर २१ धनुषा – जनकपुर धामका बालक पटाका पड्किदा घमभिर घाईते भएका छन् ,।१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुर धामस्थित कभर्ड हल नजिकै भएको पटाका बिस्फोटमा बालक घाईते भएका हुन् ।

,घाइते बालक जनकपुरधाम उपमहानगरपालिका १३ निवासी ११ वर्षीय आलोक राउत हुन् ।कुस्ती प्रतियोगिताको उदघाटन सत्रमा बाहिर पटाका पड्काएर आतिसबाजी गरिएको थियो ।

आतिसबाजीका क्रममा पड्किन बाँकी रहेको पटाका पड्काउने क्रममा ती बालक घाइते भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।

गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा प्राथमिक उपचार गरी थप उपचारका लागि धरानतर्फ लगिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।पटका पड्किदा उनका दुवै हातका अमला चुंडीएका छन् ,

राष्ट्रिय खेलकुद परिषदले नै आतिसबाजीको नाममा शुक्रबार पटाकाहरु पड्काएको थियो । आफूसँग आतिसबाजीको स्वीकृति लिन आउँदा कसले पड्काउने, पटाकाको स्रोत के हो ?

जस्ता प्रश्न सोधेको र त्यस क्रममा यो पड्काँदा आन्तरिक सुरक्षाको जिम्मेबारी आयोजकले नै लिनुपर्ने भनेर आफूले बताएको कणेलले बताए ।

राष्ट्रिय खेलकुद परिषदका कर्मचारीकै लापरबाहीका कारण पटाका छुटेको बताउँदै कणेलले घाइतेको उपचारका लागि प्राथमिकतामा राखिने बताएका छन् ।

उनले खेलकुदलाई शान्तिपूर्ण तवरबाट अगाडि बढाउने र आतिसबाजीमा लापरबाही गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउने बताएका छन् ।