सडक दुर्घटना बढ्दो आज पनि ५ जनाको मृतु ,

Naumule

मङ्सिर २१ ,चितवन – आज भोलि सडक दुर्घटना तिब्र देखिन्छ ,विभिन्न क्षेत्रमा अकालमा ज्यान जानेको संख्या दैनिक बढेको छ ,। देशका कतिपय क्षेत्रमा भने दुर्घटना भएका समाचार समेत आउदैनन ।

,ट्राफिक कार्यालयले भने नेपालमा दैनिक ७ जनाको सडक दुर्घटनामा मृतु हुने गरेको बताएको छ केहि दिन अगाडी पनि सिन्धुपाल्चोक ,गुल्मीमा ठुला सडक दुर्घटना हुने गरे ,।

आज पनि चितवनमा अटो रिक्सा दुर्घटना हुँदा ५ जनाको मृतु भएको छ ,। भण्डरा–मलेखु चेपाङ पहाडी मार्गमा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

राप्ती नगरपालिका–४ बाट भण्डराको चौकी डाँडा आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर सडकबाट पल्टिएको प्रहरीले जनाएको छ ।

Gurvakot

अटोमा सवार  अन्य ६ जना घाईते छन् ,दुर्घटनामा गम्भीर घाईते भएका मध्येहरुमा ५ जनाको मृतु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए मृतक मध्ये पर्वतको कुस्मा पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै सनाखत भएको छ ।

अन्य चार जनाको सनाखत हुन नसकेको डीएसपी कोइरालाले बताए । तिवारीको उपचारका क्रममा पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा निधन भएको हो ।सोही अस्पतालमा एकजना लगभग ३५ वर्षीय पुरुषको पनि उपचारको क्रममा निधन भएको छ ।

त्यसैगरी २५/३० वर्षीया महिलाको पनि सोही अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । भरतपुरको सरकारी अस्पतालमा उपचार हुँदै गर्दा एकजना ३५/४० वर्षकी महिला र सोही उमेरको जस्तै देखिने अर्की महिलाको पनि उपचारको क्रममा निधन भएको डीएसपी कोइरालाले बताए ।

नाम पहिचान खुल्न नसकेको एकजना २५/२६ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

जिल्लाका निर्माणाधीन पहाडी सडकमा अटो रिक्सा निकै नै चल्ने गरेका छन् । सीट क्षमताभन्दा बढी मान्छे राख्ने र कच्ची र उकालो घुमाउरो सडकमा पनि अटो रिक्सा तीव्र गतिमा हाक्ने गरेको देखिन्छ ।

Bangad kupinde