महिला फुटबलमा माल्दिभ्सले पायो काश्य ,

मङ्सिर २१ ,काठमान्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको महिला फुटबलको खेलमा मालदिभ्सले कास्य पदक जितेको छ । श्रीलंकालाई २-१ ले हराउँदै मालदिभ्सले कास्य पदक जितेको हो ।

आजै २ बजे नेपाल र भारत लिग चरणको अन्तिम खेल खेल्नेछन् । यद्यपि दुवै लिगको शीर्ष स्थानमा रहेकाले १ खेल अगावै फाइनलमा स्थान पक्का गरेका छन् ।