Simta
Gurvakot
Gurvakot

फुटबलमा आज नेपाल र बंगलादेश भिड्दै,

मङ्सिर २२ ,काठमान्डौ – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् ।

दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्नेछ बंगलादेशले भने फाइनल पुग्ने जित्नैपर्ने छ ।नेपालले बंगलादेशलाई पराजित गरेमा लिगको शीर्ष स्थानमा रहेर फाइनल पुग्नेछ ।

Simta

भुटान ४ खेलबाट ९ अंक जोड्दै यसअघि नै फाइनल पुगिसकेको छ ।नेपालको ३ खेलबाट ७ अंक छ भने बंगलादेशको समान खेलबाट ४ अंक छ ।

lekbesi

बंगलादेश विजयी भएमा नेपालसँग समान अंक हुनेछ तर हेड टु हेड लागु हुने भएकाले बंगलादेशलाई फाइदा पुग्नेछ ।खेल आज ५ बजे दशरथ रंग शालामा सुरु हुने छ ।