suekhet
bheriad

कोहलपुर तनाबग्रस्त ,प्रहरी सडकमा जानैसकेन,

lekabesi

मङ्सिर -२२ कोहलपुर – बाँकेको कोहलपुर तनाव ग्रस्त बनेको छ । ,ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ ।

स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । आक्रोसित समूह र प्रहरीबीच झडप हुँदा ढुंगा प्रहार समेत भएको छ ।

कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा रोकी राखेका यातायातका साधनहरु आक्रोसित समुहले तोडफोड गरेको छ ।

प्रहरीले बल प्रयोग गरेपनि समूहलाई नियत्रन्मा लिन सकेन आक्रोसित समुहले सडकमा टायर बालेको छ । अहिले सडकमा प्रहरी नभई यात्रा गरिरहेका यात्रु र आक्रोसित समूहमात्र सडकमा देखिन्छन ।

,प्रहरीले यातायात नखोलेको भन्दै यात्रुपनि आक्रोसित बनेका छन् मृतक बालिकाको सनाखत भने हुन सकेको छैन।