बम पडकाएर भाग्ने विप्लव समुहका मेचिनगर ईन्चार्ज पक्राउ”

Naumule

मङ्सिर २२ ,काठमान्डौ – झापा जिल्लाको बिर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन गराई क्षेती पुर्‍याई फरार रहेका याक कुमार गिरिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सदस्य३७ वर्षीय गिरी जिल्ला झापा शिवसताक्षी नगरपालिका४ पाँचगाछीका स्थायी बासिन्दा हुन् ।

Gurvakot

उनलाई महाअपराध शाखाको विशेष टोलीले गत २० गते काठमान्डौको तिनकुने बाट पक्राउ गरेको हो । गिरीको समुहले गत २३ गते राति सहकारीकोनिर्माणाधीन भवनमा बम विस्फोट गराएका थिए ।

समुहको अन्य टोलीलाई पनि शाखाको टोलीले खोजिरहेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

Bangad kupinde