कोहलपुरमा ट्रकले किचेकी बालिकाको दुवै खुट्टा काटियो ,

मङ्सिर २२ ,काठमान्डौ -कोहलपुरमा ट्रकको ठक्करबाट घाईते भएकि १३ वर्षीय बालिका प्रकृति चन्दले दुवै खुट्टा गुमाएकि छिन ,।बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्यनरत छात्रालाई आज बिहान कोहलपुरमा ट्रकले ठक्कर दिदा उनका दुवै खुट्टा कुच्चीएका थिए ।बालिका अहिले पनि बेहोस अबस्थामा छिन,।

,प्रकृतिलाई बेहोसी अबस्थामा कोहलपुरमा उपचार गरिएको थियो ।दुर्घटनामा गम्भीर घाईते भएकी कोहलपुर नगरपालिका वडा नं. १० कि बालिका प्रकृती चन्दलाई थप उपचारकालागि काठमाण्डौं रिफर गरिएको हो ।

कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि प्रकृतिलाई ठक्कर दियको थियो ।बालिकालाई ट्रकले ठक्कर दिएपछि आक्रोसित समुहले ट्रकमा आगजनी गरेको थियो।

lekbesi

बालिकालाई ट्रकले खिचेको भन्दै आक्रोसित समुहले चालक देखि रोखी राखेका यातायातका साधनमा ढुंगा मुढा समेत गरेका थिए ,तेही क्रममा प्रहरीले बालबालिका देखि आक्रोसित समुहमाथि लाठि प्रहार देखि अश्रुग्यास हानेको थियो ।

आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली समेत चलाएको छ प्रहरीले रबरको गोलि हानेको थियो आन्दोलनमा केहि प्रहरी पनि घाईते भएका छन् ।

प्रहरीले आन्दोलनमा गरिरहेका विद्यार्थीलाई लखेट्दै विद्यार्थी हाताबाट तानेर ल्याउँदा विद्यार्थी देखि सिक्षक आक्रोसित बनेका थिए ,।प्रहरीले सिक्षकलाई पनि कुटपिट गरेको छ भने पत्रकार चेतकान्त भट्टराईलाई पनि कुटेको थियो ।

यो घटनाले कोहलपुर रणभूमि समेत बनेको थियो भने आज ३ बजे देखि कोहलपुरलाई प्रसाशनले कर्फ्यु जारि गरेको छ ,।