राष्ट्रसंघीय सम्मेलन (कोप )मा सहभागी हुन् मन्त्रि शक्ति बस्नेत स्पेन प्रस्थान ,

मङ्सिर २३ ,काठमान्डौ – वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत राष्ट्रसंघीय सम्मेलन (कोप-२५) मा सहभागी हुन गए राति स्पेनको म्याड्रिड प्रस्थान गरेका छन्।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप-२५) मा नेपालले हिमालयहरुमा हिउँ पग्लने क्रम बढेको विषयमा ध्यानाकर्षण गराउने भएको छ ।

साथै जलवायु परिवर्तनमा कम योगदान भएर पनि नेपालजस्ता अति प्रभावित मुलुकले क्षतिपूर्तिस्वरुप पाउनुपर्ने ‘ग्रीन क्लाइमेट फण्ड’ (हरित जलवायु कोष) उपलब्ध गराउन लबिङ गर्ने भएको छ ।

स्पेनको म्याड्रिडमा सुरु कोपको विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ ।विश्व तापमानमा परेको नकारात्मक प्रभावले उत्पन्न विषम परिस्थितिको सामना गर्ने सम्बन्धमा योजना तय गर्ने प्रस्ताव नेपालको तर्फबाट राख्ने मन्त्री बस्नेतको भनाइ छ ।

यस्तै सम्मेलनमा नेपालले अधिक कार्बन उत्सर्जन गरिरहेका विकसित मुलुकहरुले नेपालजस्ता जलवायु परिवर्तनमा कम योगदान भएर पनि अति प्रभावित गरिब तथा तेश्रो मुलुकले क्षतिपूर्तिस्वरुप पाउनुपर्ने ‘ग्रीन क्लाइमेट फण्ड’ (हरित जलवायु कोष) उपलब्ध गराउन लबिङ गर्नेछ ।

मंसिर १६ मा सुरु भएर २७ सम्म चल्ने सम्मेलनमा विश्वका १ सय ९७ मुलुकका राष्ट्र तथा सरकार प्रमुख, वातावरणमन्त्रीहरुका साथै जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधि सहभागी छन् ।

यसअघि दक्षिण अमेरिकी मुलुक चिलीको सान्टियागोमा तय भएको कोप-२५ त्यहाँको सरकारले विषम राजनीतिक परिस्थितिका कारण व्यवस्थापन गर्न अक्षम रहेको बताएपछि स्पेन सारिएको हो ।

मन्त्रि बस्नेत संगै राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली लगायतको नेपाली प्रतिनिधिमण्डल छ ।मन्त्री बस्नेत सम्मेलनमा सहभागी भएर २९ मंसिरमा स्वदेश र्फकने कार्यक्रम रहेको मन्त्रि बस्नेतका स्वकीय धिरज उपरकोटीले बताए ।