आज कोहलपुरमा सैक्षिक संस्था बन्द कर्फ्यु कायम ,

Naumule

मङ्सिर २३ ,बाँके – बाँकेको कोहलपुर नगरपालिका–११ की १२ वर्षिया प्रकृति चन्दलाई हिजो २२ गते ट्रकले ठक्कर दिएपछि कोहलपुर तनाब ग्रस्त भयो र प्रशासनले कर्फ्यु जारि गरेको थियो ,।

आज कोहोलपुरमा सबै विद्यालय बन्द गरिएको छ बालिकालाई ट्रकले किचेपछि आक्रोसित समुहले ट्रकमा आगजनी गरेको थियो भने प्रशासनले लाठि चार्ज ,अश्रुग्यास संगै गोलि पनि हानेको थियो ।

झडप हुँदा हिजो ४० भन्दा बढी घाइते भएपछि प्रशासनले कर्फ्यू नै लगाउनुपरेको थियो र उक्त कर्फ्यु आजपनि लागु गरिएको छ अहिले घटनास्थल सामान्य छ अहिले पनि कोहलपुरमा घटना भएको स्थल वरिपरि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

Gurvakot

फेरी पनि प्रदर्शन भए कर्फ्यू लाग्न सक्छ ।जिल्ला प्रशासन कार्यालय बाँकेका साहयक प्रमुख कृष्णकान्त उपाध्यायले भने कोहलपुरका विद्यालयहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सोमबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

श्री त्रिभुवन नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने प्रकृतिको अहिले काठमाडौंको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।ट्रकले बालिकालाई किच्दा उनका दुवै खुट्टा पिसीएका थिए।

बालिकाका दुवै खुट्टा काटीएका छन् यो संगै बालिकाले दुवै खुट्टा गुमाउनु परेको छ प्याब्सन कोहलपुरका अध्यक्ष यम रावत, नेश्नल प्याब्सनका अध्यक्ष बेगप्रकाश चन्द, क्रिसा बाँकेका अध्यक्ष शिवप्रसाद डांगीले संयुक्त विज्ञप्ती जारी गर्दै शैक्षिक संस्था बन्द गरिएको जनाए ।

Bangad kupinde