कुपोषणले अपाङ्गता भएकि सुर्खेतकी सिर्जना बिकलाई सुन्दरढोका साथी सेवा सामाजिक संस्थाले उपचार गर्ने,
मङ्सिर २३ ,काठमान्डौ – जन्मजातनै कुपोषणले अपाङ्गता भएकि सुर्खेत बराहाताल सुर्खेतकी सिर्जना बिकलाई ललितपुर बागडोल स्थित सुन्दरढोका साथी सेवा नामक एक सामाजिक संस्थाले उपचार गर्ने भएको छ ,।
बराहातल गाँउपालिका ४ की १३ वर्षीया बालिका सिर्जना बिक अहिले काठमाडौंको कान्ति बालअस्पतालमा उपचाररत छिन्, ।उनको शरीरका मांसपेशीले राम्रोसँग काम गर्दैन र सोही कारण उनीमा शारीरिक अपाङ्गता छ ।
अहिले आएर उनको छातिको हड्डी बढेर मुटु र फोक्सोमा गाडिएको छ । जसले गर्दा उनको स्वास प्रस्वासमा समेत अप्ठेरो अवस्था देखिएको छ । डाक्टरको सल्लाह अनुसार उनको अप्रेसन गरी हड्डी निकालेर बचाउन सकिने जानकारी भए पनि उनीसँग यसका लागि पर्याप्त आर्थिक स्रोत छैन ।

सिर्जनालाई उपचारको लागि पहल गरेपनि कतैबाट आर्थिक जोहो हुन सकिरहेको थिएन, ।सिर्जना बिकलाई उपचारको लागि सबै जिम्मा हामी लिन्छौं यस्तै अपाङ्गता भएका र विपन्न वर्गका नागरिक विशेष गरी बालबालिकालाई हामीले सेवा र उपचार गरिरहेका छौ,।
रंग दर्पणको समाचार सम्प्रेषणपछि सुन्दरढोका साथीसेवाकी प्रसाशकीय तथा कार्यक्रम प्रमुख विजता लुइँटेलले हामीले सिर्जनाको बारेमा थाहा पाई उनलाई भेटेको र त्यसपछि सिर्जनाकी आमालाई पनि जानकारी गराएको बताउँदै तत्कालै उनको अप्रेशनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रकृया सुरु गर्ने योजनामा भएको बताउनु भयो ।
विसं २०६५ सालमा ललितपुर जिल्ला प्रशासन कार्यालय, ललितपुरमा दर्ता भई सञ्चालनमा आएको यस संस्थाले विगत १२ वर्षदेखि सबैका लागि स्वास्थ्य भन्ने नारालाई ध्यानमा राखी अपाङ्गता भएका, विपन्न, पिछडिएका जनजाति वा नागरिकलाई देशको सुवधा सम्पन्न अस्पतालमा ल्याई उपचार गर्ने गराउने उद्देश्य लिएको छ ।
साथै यस संस्थाले अपाङ्गता भएका, विपन्न, अशक्त नागरिकलाई स्वास्थ्य उपचारसँगसँगै उनीहरुलाई पुनर्स्थापना गराउने समेत उद्देश्य लिएको छ ।यो संस्थाको मुटु तथा अपांगता पुर्नस्थापना कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्था तथा अस्पतालहरुले यस संस्थाको न्याभिगेटर सेन्टरमा बिरामी पठाउने र यस संस्था ले बिरामीहरुको अवस्था अनुसार सम्बन्धित अस्पतालमा उपचार मा सहजीकरण गर्ने काम गर्दै आएको छ ।
आइ एन् एफ् संस्थाले प्रेषण गरेर उपचारका लागि काठमाडौं पठाएको सुर्खेत बराहताल गाउँपालिकाकी सिर्जना बि क लाई संस्थाको मुटु तथा अपांगता पुनर्स्थापना कार्यक्रम अन्तर्गत रहेर यस संस्थाले निज बालिकालाई नेपालभित्र आवश्यक पर्ने उपचार गर्ने निर्णय गरेको छ ।
रंग दर्पण नेपाल,