Simta
Gurvakot
Gurvakot

साग पदक विजेता खेलाडी हरुलाई प्रधानमन्त्रीले प्रोत्साहन प्याकेज खोल्ने ,

मङ्सिर २३ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने भएका छन् ।

सोमबार साँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसकेका प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्ने बताएका हुन् ।

Simta

सदस्य सचिव शिलवालका अनुसार यो पटक भने राखेपले सागको पुरस्कार राशीमा ठूलो मात्रामा वृद्वि गर्ने तयारी गरेको छ ।भोलि ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने समापन समारोहमा प्रमुख अतिथी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हुने छन् ।

lekbesi

समापन कार्यक्रमअघि नेपाल र भुटानबीच पुरुष फुटबल प्रतियोगिता हुने छ ।