गौरिका बनिन दक्षिण एसियाली खेलकुद (साग)मा सर्वाधिक कीर्तिमानी खेलाडी

मङ्सिर २३ ,काठमान्डौ – गौरिका सिंह दक्षिण एसियाली खेलकुद (साग)मा सर्वाधिक सफल कीर्तिमानी खेलाडी बनेकी छन् ।उनले १३औं सागमा चार स्वर्णसहित ९ पदक जितेकी छिन् ।
उनले ९ स्पर्धामा भाग लिएकी थिइन् सबैमा पदक जिन्त सफल भईन पौडीको अन्तिम दिन उनले १०० मिटर फ्री स्टाइलमा स्वर्ण पदक जितिन् । उनले निर्धारित दुरी ५८.१३ सेकेन्डमा पूरा गरिन् । ५८.१५ सेकेन्डमा दुरी पार गरेकी भारतीय शिवांगी शर्माले रजत पदक पाएकी छन् ।

सोमबार नै ४०० मिटर मिड्ले रिलेमा गौरिका संलग्न नेपाली टोलीले कांस्य पदक जितेको छ ।सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।

दीपकले चारवटा सागबाट चार स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा चार स्वर्ण जितेकी हुन् । १३ औं सागमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी छन् ।
