संसदभित्रै सांसद हरुले हग गर्दा पनि फिलिङ्स आउने गरि गर्नुपछ भन्छन ,चपक्क समाउछन ,
मङ्सिर २४ ,पोखरा – नेपालमा बढ्दो यौन हिँसालाई कसरि समधान गर्न सकिन्छ के हो ? यौन हिँसा जस्ता प्रश्न महिला सांसद हरिले संसदमा प्रश्न गर्दछन तर उनी महिला यौन हिँसामा परेको संचार बाहिर आउन थालेका छन् ।
,गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले भने संसदमा आफुहरुनै यौन हिँसामा परेको बताईन , ।संसद भित्र हामीमाथि यौन हिँसा हुन्छ तर ईजत जाने डरले खुलेर बोल्न सक्दैनौ उनले भनिन ।
पुरुष सांसद हरुले आफुहरु मातिने गरि हात मिलाउने ,हग गर्ने अनि हग गरेपछि लामो समय सम्म अडिने गरेको बताईन उनले भनिन । के हग गर्नलाई फिलिङ्स आउने गरी गर्नुपर्छ ?
शिक्षित ब्याक्ति र बुझेका ब्याक्तिबाटनै यस्ता गतिविधि हुने गरेको उनले बताईन । साथै शिक्षित महिलाअनि यौन हिँसामा परेको उनले बताईन लैंगिकताको सवालमा संसदीय निगरानी विषयमा सोमबार आयोजित कार्यशालामा उनले भनिन् ।
हो हामी महिला पुरुष सबै संग हात मिलाउने गर्दछौ ,हामी उनीहरूलाई सम्मान गर्छौं, सम्मानस्वरूप हात मिलाउने बानी छ । तर उनीहरूले सम्मान र अभिवादनका लागि हात मिलाएका हुँदैनन् बल्कि कसरि फिलिंस आउछ भन्न गरि मिलाएका हुन्छन ।
यो अवस्थामा हामिमा यो हुन्छ भने बाहिर कस्तो हुन्छ होला हामीलाई किन छुने भन्ने मेरो जिज्ञासा हो । हामीले राम्रोसँग हिंसा भएको अनुभव गरेका छौं तर भन्न भएन, ।
भन्नैपरे पनि कोसँग कहाँ गएर भन्ने ? मौन बस्नुको अर्को कुनै विकल्प छैन ।’ यौनहिंसा र महिला हिंसा गर्ने यस्ता पुरुष सांसदविरुद्ध महिला सांसदले एक भएर आवाज उठाउनुपर्ने उनले बताइन् ।
महिला सांसद हरु बसेको ठाँउमा पुरुष सांसद गएर बोल्दा भेट्दा ठोक्किने गफ गर्दा जिस्किने गर्दछन कतिप्याले त झन् नदेखे नसुनेको जस्तो गरि रफ शब्द बोल्छन उनले भनिन ।
अब यो कुरा संसदमा उठाउनु पर्ने र यौन हिँसाको लागि खुलेर बोल्ने अगाडी बढ्ने बेला आएको उनले बताईन र अन्य महिला हरुलाई पनि बताईन ‘बाहिर प्रस्तुत हुन नसकेका मात्र हुन्, ।
उनीहरू दिनानुदिन सहकर्मीबाट हिंसा सहन बाध्य छन्,’ उनले थपिन् । तेस्तै राजनीतिक पार्टीले आफुहरुमा विभेद गरेको प्रदेशसभा सदस्य प्रभा कोइरालले बताईन ।
उनले थपिन महिला हरुले केहि बुझ्दैनन् जान्दैनन् भनेर नसोच्दा हुन्छ ,हिजोको दिनमा महिला अधिकारको बारेमा लड्यौ र स्थान पायौ तर आज व्यबहारमा उतार्न सकेनौ ,तेस्तै महिलालाई हेरिने दृष्टिकोण बदल्न जरुरी रहेको गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले बताईन ।
समानुपातिक र प्रतक्ष्य निर्वाचित महिला पुरुष एउटै दर्जाको रहेको प्रदेशसभा सदस्य गायत्री गुरुङले भनिन् तर, प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदबीच गरिने व्यवहार फरक छ यो व्यवहार अन्त्य हुन जरुरि छ उनले भनिन ।