भुटानलाई हराउदै नेपाल चौथो पटक साग च्याम्पियन,
मङ्सिर २४ ,काठमान्डौ – पुरुष फुटबल खेलमा भुटानलाई नेपालले हराउदै चौथो पटक साग च्याम्पियन बनेको छ,।
१३ औ दक्षिण एसियाली खेलकुद (साग) त्रिपुरेश्वर स्थित रङ्ग शालामा भुटान र नेपाल बीच भएको आजको खेलमा भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको हो ।
अपराहन्न ३ बजे देखि सुरु भएको खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।त्यसपछि भुटानका कप्तान चेन्चो ग्यालसेनले ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
नेपालका तर्फबाट ५३ औँ मिनेटमा सुनिलले अर्को थपेपछि नेपाल जितको अवस्थामा पुगेको थियो ।यो जित संगै नेपालले सागमा ५१ वटा स्स्वरना जित्न सफल बनेको हो ।